काठमाडौं, पौष १ । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र संविधान जारी नगरे नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले क्षमा नगर्ने बताएका छन् ।
सहमतिका लागि सक्दो प्रयास भइरहेको भन्दै उनले सहमति नभए दुई तिहाइ बहुमतबाट संविधान घोषणा गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
नेपाल जिम्मेवार व्यवसाय सम्मेलनको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सहमति भन्नेहरुले हठ नत्यागेसम्म सहमति हुन नसक्ने पनि बताए ।
जिम्मेवार व्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले पहिलोपटक यस्तो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन आयोजकमध्येको एक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यम ज्योतीले सफल व्यवसायका लागि मर्यादित रुपमा व्यवसाय गरिनुपर्नेमा जोड दिए ।