एसिया-प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरुको स्तरोन्नति तथा सन् २०१५ पछिका विकासका कार्यसूची विषयक एसिया -प्रशान्त क्षेत्रका अल्पविकसित मुलुक र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू सम्मिलित तीनदिने बैठक राजधानी काठमाडौंमा सुरु भएको छ।
नेपाल सरकार र अल्पविकसित, भूपरिवेष्टित तथा साना टापू राज्यहरुका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय ९युएनओएचआरएलएलएस०ले संयुक्त रुपमा आयोजना गरेको उक्त बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक एवम् सामाजिक विकासलाई केन्द्रमा राखेर नेपालले आवश्यक काम गरिरहेको बताए।
एसिया