कास्कीमा दृष्टिविहीन छात्रा बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद सजाय

पोखरा, पौष २ । कास्कीमा दृष्टिविहीन छात्रालाई बलात्कार गर्ने शिक्षकविरुद्ध कास्की जिल्ला अदालतले १० वर्ष कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायधीश रामप्रसाद ओलीको इजलासले यस्तो फैसला गरेको हो ।
गत भाद्र १९ गते कास्कीको लेखनाथस्थित जनप्रकाश उच्च माविमा अध्ययनरत् एक दृष्टिविहीन छात्रालाई सोही विद्यालयका शिक्षक एवं होस्टेल वार्डेन दण्डपाणी ढकालले विद्यालयमै बलात्कार गरेका थिए ।
पीडित पक्षले गत भाद्र ३१ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी समेत दिएका थिए । IMAGEKHABAR