म्याग्दी, पौष ३ । हिमाली जिल्ला मुस्ताङमा लगातार परेको हिमपातबाट जलविद्युत्को नहरमा हिउँ जमेपछि चार दिनदेखि सो जिल्ला अन्धकार बनेको छ ।
विद्युत् आपूर्तिसँगै मुस्ताङको संचार सेवा पनि अवरुद्ध भएको छ भने उद्योग व्यवसाय ठप्प भएको छ । गत शनिवारदेखि मुस्ताङमा हिमपात भइरहेको छ ।
हिमपातका कारण टुकुचेस्थित २४० किलोवाट क्षमताको चोखोपानी लघु जलविद्युत् आयोजनाको नहर र रिजर्भ ट्याङ्कीमा हिउं जमेको नेपाल विद्युत प्राधिकरण मुस्ताङ वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सनप्रसाद थकालीले दिएको जानकारी अनुसार म्याग्दीको तातोपानीबाट जोडेको राष्ट्रिय प्रसारण लाइनलाई पनि हिउँले क्षति पुर्याएका कारण समस्या उत्पन्न भएको हो ।
IMAGEKHABAR