पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर १ सय १६ रुपियाँमा पेट्रोल र ९२ रुपियाँमा डिजल र मट्टितेल

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा सात रुपियाँ र डिजल र मट्टितेलमा साढे पाँच रुपियाँ घटाएको हो। 
यसअघि पेट्रोलको मूल्य १ सय २३ र डिजलको ९७:५० रुपियाँ थियो। आयल निगमको निर्णयसँगै उपभोक्ताले प्रतिलिटर १ सय १६ रुपियाँमा पेट्रोल र ९२ रुपियाँमा डिजल र मट्टितेल पाउनेछन्।
त्यस्तै हवाइ इन्धनमा १० रुपियाँ घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले नागरिकन्युजलाई बताए। यसअघि हवाइ इन्धनको मूल्य १ सय ४३ रुपियाँ थियो। अब यसको मूल्य १ सय ३३ रुपियाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीलगायतलाई भेटेर मूल्य घटाउन दबाब दिँदै आएको थियो।
NAGARIKNEWS