संविधानसभा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी आन्दोलनमा

काठमाडौ, पुस ४ – संविधानसभा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले संविधानसभा सचिवालयका कर्मचारी सरह अतिरिक्त सुविधाको माग गरेको  । उनीहरुले आफ्नो मागका लागि आन्दोलन थालेका छन् ।
बानेश्वरमा रहेको सम्मेलन केन्द्रलाई सरकारले संविधानसभाका लागि प्रयोग गर्दै आएको छ । सम्मेलन केन्द्रका करिब ९० जना कर्मचारीलाई संविधानसभा सचिवालयले काजमा राखेको छ । सचिवालयका कर्मचारीले नियमति पाउने भन्दा झण्डै दोब्बर अतिरिक्त सेवा सुविधा पाइरहेको बेला सम्मेलन केन्द्रका कर्मचारी त्यसबाट बञ्चित छन् ।
 आन्दोलमा उत्रेका कर्मचारीहरुले शुक्रबार संविधानसभा भवनमा रहेको मिडिया सेन्टरमा ‘अडियो प्रसारण’ काटेका छन् । सुनुवाई नभए थप संघर्षको कार्यक्रम ल्याउने उनीहरुले जनाएका छन् । सम्मेलन केन्द्रका कर्मचारी विकास समिति अन्तर्गतका हुन् ।
EKANTIPUR