अब अर्घाखाँचीका मुख्य सडकहरुलाई बाह्रै महिना निरन्तर सुचारु गर्न सडक लेन्थ वर्करहरु नियुक्ति गरिने

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ पौष । अर्घाखाँचीका  मुख्य मुख्य सडकहरुलाई बाह्रै महिना निरन्तर सुचारु गर्न सडकहरुमा सडक लेन्थ वर्करहरु नियुक्ति गर्ने निर्णय भएको छ । 
गोरुसिंगे सन्धिखर्क सडक बाहेकका अन्य सडकमा बर्षा लागे पछि गाडी नचल्ने समस्या रहेको थियो । 
जिल्ला विकास समितिको कार्यालय अन्तर्गत जिल्ला प्राबिधिक कार्यालय मार्फत जिल्लामा संचालित एसएनआरटिपि  कार्यक्रमबाट स्तरोन्नती भईरहेका तथा मर्मत संभार हुने सडकहरुको बिषयमा जिविसको कार्यालयमा समपन्न एको अभिमुखिकरण कार्यक्रममा सडक लेन्थ वर्करहरु नियुक्ति गर्ने निर्णय भएको हो ।  
जिल्लाका मुख्य सडकहरु घुम्ति पाल्पा सडक, सन्धिखर्क धारापानी प्यूठान चुँजाठाटी सडकहरुको स्तरोन्नती तथा घुम्ति पाल्पा, गच्छे धनचौर भालुवाङ्ग, सन्धिखर्क पकले धारापानी चुँजाठाँटी सडकहरुको मर्मत संभारको सन्दर्भमा ब्यापक छलफल भएको छ  । 
जिल्ला प्राबिधिक कार्यालयका कार्यालय प्रमुख एवं प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुखहरु, सडक उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरु साथै सम्बन्धित गाविसका गाविस सचिवहरुको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु