सत्तारुढ दल कांग्रेस र एमालेले नयाँ संविधानको अन्तर्वस्तुमा सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने

काठमाडौं, पौष ४ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले नयाँ संविधानको अन्तर्वस्तुमा सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने निर्णय गरेका छन् ।
विपक्षी एकीकृत माओवादीसहितका दलहरुसँग नयाँ संविधानका विवादित विषयमा अब अन्तिमपटक छलफल गर्ने र सहमति नबनेमा प्रक्रियाबाटै अगाडि बढ्ने निर्णय दुई दलले गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको दुई दलका नेताहरुको बैठकले सहमतिको नाममा माघ ८ को समयसीमा नघाउन नसकिने निष्कर्ष निकालेका हुन् ।
यसका लागि भोलिदेखि नै एमाओवादीसहितका दलहरुसँग घनिभूत छलफल चलाइने बताइएको छ । IMAGEKHABAR