-विजुला रायमाझी, अर्घाखाँची
पखेटा लागेका सुनौला बचेराहरु
फराकिलो चरिचरन खोज्न प्रदेश पुगेकाहरु
जीन्दगीमा केही गर्नेे अठोट र उत्साह बोकेकाहरु ।
स्वदेशमा अवसर नपाएर
पसिना र विवेक बेच्ने थलो नभएर
सात समुद्र पारी पुगेका युवाहरु ।
परिश्रमी र अनुशाशित मौरी बनेर
अमृतसरी मह जम्मा गरेर
आफ्नै मात्रृभूमि फर्कि आऊ ।
सिकेको सीप र प्राप्त अनुभवहरु
तिम्रो अनुपस्थितिले उजाड हुन आँटेको
त्रिैम्रो आफ्नै गाँउघरमा उपयोग गर ।
च्याउरी परेको निन्याउरो अनुहार लिएर
तिम्रै प्रतिक्षामा आसुँ बगाउँदै पर्खिएकी
आमालाई सम्झी आऊ ।
तिमीलाई जन्म दिने आमाको दुधको भारा तिर्ने गरी
तिमीलाई बास दिने मातृभूमिको सेवा गर्ने गरी
सेवा भावको विशाल छाती लिएर फर्की आऊ।