नुवाकोट, पौष ६ । नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा पानी ल्याइएको पाइप फुट्ने खतरा बढेको छ । पाइपबाट पानी निस्कन थालेपछि फुट्ने खतरा वढेको हो ।
त्रिशुली जलविद्युत केन्द्र अन्र्तगत १२ नम्बर खोल्सा नजिकैको पाइपबाट पानी निस्कन सुरु गरेको छ । केन्द्रका लागि तुप्चेबाट बाँध बाधेर पानी ल्याइएको छ ।
पाइप फुटेको स्थानको अनुगमनपछि केन्द्रका प्रमुख अफताब आलमले पाइप फुट्नु खतराको संकेत भएको बताए । उनले पाइप मर्मतका लागि आवश्यक प्रक्रिया थालिने जानकारी समेत गराए ।
IMAGEKHABAR