काठमाडौं, पौष ७ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले पौष १९ देखि माघ ५ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विपक्षी दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले पौष १९ गते ७५ ओटै जिल्लामा आमसभा गर्ने निर्णय गरेको हो ।
यस्तै, पौष २५ मा मध्य र सुदूरपश्चिम बन्द गर्ने, पौष २७ गते पूर्वान्चल र पश्चिमान्चल बन्द गर्ने, २८ गते पश्चिम र मध्य तराई बन्द गर्ने, २९ गते राजधानी तथा आसपासको क्षेत्रमा बन्द गर्ने र माघ ५ गते देशभर बन्द गर्ने कार्यक्रम पनि मोर्चाले सार्वजनिक गरेको छ ।
संविधानसभामा रहेका १९ दलको मोर्चामा संविधानसभा बाहिर रहेका ११ ओटा दललाई पनि सहभागी गराइएको छ ।
IMAGEKHABAR