प्रधानमन्त्री सुशील कोइरालाद्धारा उत्तेजनामा आएर राजनीति नगर्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, पौष ८ । प्रधानमन्त्री सुशील कोइरालाले उत्तेजनामा आएर राजनीति नगर्न एकीकृत माओवादीका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
अहिलेको अवस्थामा वार्ता र सहमतिबाटै सबै समस्याको समाधान खोज्नुपर्ने भन्दै प्रधानमन्त्री कोइरालाले आन्दोलन र संघर्षको कुनै औचित्य नहुने स्पष्ट पारे ।
सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९१औं जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विगतमा किसुनजीले एक वर्षमै संविधान जारी गरेको स्मरण गर्दै अहिले २