प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची । अर्घाखाँचीको नरपानी गाविसमा ३ बर्ष देखि बन्द रहेको चुनढुँगा उत्खनन कार्य सदाका लागि बन्द गर्नु पर्ने भन्दै नरपानीमा आज सर्बसाधारणले बिरोध सभा गरेका छन ।
अर्घाखाँचीको नरपानी गाविसमा ३ बर्ष देखि बन्द रहेको चुनढुँगा उत्खनन कार्य सदाका लागि बन्द गर्नु पर्ने भन्दै नरपानीमा उपस्थित भएका सर्बसाधारण । तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
चुनढुंगा उत्खनन गर्न सुरु गरेको छ वर्षमा पानीका मुहान सुकेपछि गाउँलेहरु आन्दोलनमा उत्रिएका थिए । कम्पनिले विगतमा गरेका संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै उत्खनन कार्य रोक्न माग गर्दै स्थानीयबासीन्दा संघर्षमा उत्रिए पछि उत्खनन कार्य ३ बर्ष देखि बन्द भएको हो ।
अहिले पछिल्लो समयमा आएर कम्पनीले आफुहरुले उत्खनन गरेको स्टक माल लैजानु पर्ने दाबी गर्दै आएपछि प्रशासनले बल प्रयोग गरि चुनढुंगा उत्खनन गर्न थालेको भन्दै आज बिरोधसभा गरेका हुन ।
स्थानीय प्रशासनको पहलमा चुनढुंगाको बिषयलाइ लिएर पटक पटक बार्ता , छलफल र अन्तरक्रियाहरु भए पनि सहमति जुटन सकेको छैन । चुनढुंगा उत्खननले खानेपानीका मुहानहरु सुकेकाले सरकारले यसलाई रोकी लाईसेन्स खारेज गर्नु पर्ने नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले बताए । कम्पनीलाई विदा गर्न स्थानीय बासिन्दाले माग गरेका कारण आफुहरु जनताको पक्षमा लागेको बताए ।
अर्घाखाँचीको नरपानी गाविसमा ३ बर्ष देखि बन्द रहेको चुनढुँगा उत्खनन कार्य सदाका लागि बन्द गर्नु पर्ने भन्दै नरपानीमा उपस्थित भएका सर्बसाधारण । तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
आज मंगलबार भएको बिरोध सभामा बोल्दै अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का सभासद डा. दुमनसिंह थापाले जनतालाइ प्रहरी देखाएर जनता तर्साएर चुन ढुंगा उत्खनन गर्ने दुस्साहास नगर्न चेताबनी दिनु भयो ।
सभासद बलराम अधिकारीले नरपानी क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउन स्थानीयले माग गरेकाले जनताको निर्णय भन्दा माथी कसैले निर्णय गर्न नसक्ने बताउदै आफुले काठमाण्डौ गए पछि पर्यटकीय स्थल बनाउन पहल गर्ने बताए ।
चुनढुंगा उत्खनन गरेर कम्पनीलाई मात्रै सिमित फाईदा भन्दा सिंगो गाउँ र जिल्लालाई जोगाउनुपर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य शेरबहादुर बिसिले बताए ।