मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक विकासमा दलहरु गम्भीर बन्न नसकेको एमाले माधवकुमार नेपालको भनाइ

काठमाडौं, पौष ८ । एमाले नेता माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक विकासमा दलहरु गम्भीर बन्न नसकेको बताएका छन् ।
राजधानीमा मंगलबार भएको एक कार्यक्रममा आर्थिक विकासका बारेमा दलहरुबीच छलफल र गम्भीरता नभएकैले विकासले अपेक्षाकृत गति हासिल गर्न नसकेको उनको भनाइ थियो ।
अब दलहरुको ध्यान आर्थिक क्रान्तिमा जानुपर्ने उनको भनाइ थियो । Imaekhabar