प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० पौस । जिल्ला विकास समितिको कार्यालय, अर्घाखाँचीको आयोजना, यु.एन.एफ.पि.ए. को आर्थिक सहयोग एवं नेष्ट इकोकोड जे.भी.को सहजिकरणमा निर्माण हुन लागेको अर्घाखाँची जिल्लाको आवधिक जिल्ला विकास योजना तयारीको सन्दर्भमा आवधिक जिल्ला विकास योजना पूर्व योजना तर्जुमा कार्यशाला गोष्ठी सन्धिखर्कमा शुरु भएको छ ।
जिविस प्रमुख एवं स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यशाला गोष्ठीको पहिलोे दिन संविधान सभा सदस्य तथा पूर्व मन्त्रि टोप बहादुर रायमाझी, संविधान सभा सदस्य डा. दुमन सिंह थापाले जिल्लाको आवधिक जिल्ला विकास योजना कस्तो हुने भन्ने सन्दर्भमा मन्तब्य ब्यक्त गर्नुभयो भने क्षेत्रीय प्रशासक दिनेश थपलियाले आवधिक जिल्ला विकास योजनाका सैद्धान्तिक, कानूनी र ब्यबहारिक पक्षहरुका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै यसमा आईपर्ने समस्या र चुनौतीको बिषयमा समेत विश्लेषण गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानीरिक्षक बम बहादुर भण्डारी, सशस्त्र प्रहरी नायब महानिरीक्षक रामशरण पौडेल, राष्ट्रिय अनुसन्धान पश्चिमाञ्चल निर्देशक यादव रेग्मी, प्रहरी बरिष्ठ उपरीक्षक गणेश के.सी., सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्ल, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, प्रहरी नायब उपरीक्षक दिपेन्द्र जि सी लगायत जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधिहरु, क्याम्पस प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, उद्योगी, ब्यबसायी, नागरिक समाज, विभिन्न गैह्र सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न लक्षित समुदायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जिविसको कार्यालयका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसालले जिल्लाको समग्र विकास प्रकृयालाई आवधिक जिल्ला विकास योजना मार्फत दिशा निर्देश गर्ने, जिल्ला विकासको समग्र दीर्घकालिन सोंच, लक्ष्य, उद्देश्य निर्धारण गर्ने र निर्देशक समिति तथा विषयगत उप समितिहरु गठन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा परामर्श दाता संस्था नेष्ट इकोकोड जेभीका टिम लिडर डा. सुधा श्रेष्ठ, सोही संस्थाका अर्थविद रोबिन भण्डारी, क्षेत्रीय तथा शहरी योजनाविद योगेश पूर्ण श्रेष्ठ समेतको टोलीले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमबाट आवधिक जिल्ला विकास योजना निर्माणका लागि निर्देशक समिति गठन हुनुका साथै विषयगत उप समितिहरु क्रमसः भौतिक विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, वातावरणीय व्यवस्थापन समिति, विपद व्यवस्थापन समिति, संस्थागत विकास समिति र श्रोत परिचालन तथा वित्तीय ब्यबस्थापन समिति गठन भएका छन् । उक्त उप समितिहरुमा जिल्ला स्थित राजनैतिक दलका प्रमुखहरुको संयोजकत्व र सम्बन्धित समितिको विषय विज्ञता भएका राजनीतिक दलका अन्य पदाधिकारीको सह