जिउन खोजे

सरस्वती रोका मगर 
असुरकोट-९ जोगिटारी, अर्घाखाँची 
हाल- दाङ (घोराही) 
जिन्दगीमा यसरी पनी मैले जिउन खोजे 
उद्रिएका हृदयमा कती सिउन खोजे 
पोखिएका आसुँहरु कती पिउन खोजे 
रित्तिएर हाँसोहरु कती एक्लै भोगे 
शोषणरुपी पासोहरु कती तोड्न खोजे
साहशीरुपी सिक्रीहरु कती तोड्न खोजे 
हाँसो रोदन हो जिन्दगी बाँच्न मैले खोजे 
संघर्ष हो जिन्दगी जुध्न मैले खोजे 
जिन्दगीमा यसरी पनी मैले जिउन खोजे  
जिन्दगीमा यसरी पनी मैले जिउन खोजे |||