चितवन, पौष १२ । हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सुरु गरेको मेची-महाकाली रथयात्रा शनिबार चितवन पुगेको छ । रथयात्रा नारायणगढको पुल्चोकमा पुगेपछि अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा अध्यक्ष थापाले जनताको साथ र सहयोगले देशलाई हिन्दूराष्ट्र कायम गराइ छाड्ने दाबी गरे । उनले अब बन्ने संविधानमा धर्मनिरपेक्षता खारेज गर्दै हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए ।
गत बुधबार झापाबाट सुरु भएको रथयात्रा चौथो दिन शनिबार बुटवल पुग्दै छ । रथयात्रा विभिन्न ३० ओटा जिल्लाको यात्रासहित पौष १८ गते काठमाडौंमा आएर समापन हुनेछ । IMAGEKHABAR