अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची पुस १३ । छठौं राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताबाट सिद्धार्थ उच्च मावि हंसपुरले रनिङ्गशिल्ड हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा पुस १० गतेदेखि सन्धिखर्कमा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिबाट सिद्धार्थले रनिङ्ग शिल्ड हात पारेको हो । यस अघिका दुइ ओटा प्रतियोगितामा सिद्धार्थ उमाविले उपाधि हात पारेको थियो । तिन ओटा प्रतियोगितामा विजयी हासिल गरेपछि मात्र शिल्ड आफ्नो पोल्टामा पार्न सकिन्छ । विद्यालयले ८३ अंक प्राप्त गरि शिल्ड हात पा-यो । शिल्ड प्राप्त गर्न आफूले लामो समय देखि निकै मेहेनत गर्नुपरेको विद्यालयका प्राचार्य रामलाल सुनारले बताए । मेरो ठूलो मेहेनतले सफलता पार्यौ सुनारले भने, शिल्ड प्राप्त गर्न पाउँदा खुसीको सिमा नै छैन ।
स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले सिद्धार्थ उच्च माविका प्राचार्य रामलाल सुनारलाई रनिङ्गशिल्ड दिंदै तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम् (२०७१ पौष १३, आइतवार)
उनले आगामी दिनमा पनि खेलकुदको माध्यमबाट विद्यालयका शिर उचो राख्ने प्रतिवद्धता जनाए । जनज्योति उच्च मावि सन्धिखर्क ६० अंकका साथ दोस्रो र लापे मावि जलुके ५९ अंकका साथ तेस्रो भयो । शिल्ड हात पारेपछि सिद्धार्थ उच्च माविका अभिभाव, शिक्षक, विद्यार्थीहरु पञ्चेबाजा बजाएर छमछमी नाचेका थिए । उनीहरु बाजा बजाउँदै सदरमुकाम सन्धिखर्क बजार परिक्रमा गरेका थिए । सयौंको संख्यामा आएका अभिभावक विद्यार्थीहरु बाजाको तालमा रम्दा बजारबासीले समेत मनोरञ्जन लिए ।
रनिङ्गसिल्ड प्रतियोगितमा विभिन्न किसिमका खेलहरु खेलाइएको थियो । भलिवल, एथलेटिक्स, लङजम्प, त्रिपल जम्प, सटपट, जाविन थ्रो, दौड लगायतका खेल खेलाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि भट्टराइले बताए । छात्र, छात्राहरुलाई छुट्टाछुट्टै खेलाइएको थियो । छात्र तर्फको भलिवलमा सिदार्थ उच्च माविले प्रथम स्थान हासिल ग-यो भने शिवादह मावि जुकेनाले द्वितिय स्थान हासिल ग-यो । छात्रा भलिवलमा जनज्योति उच्च मावि सन्धिखर्क प्रथम र सिदार्थ उच्च मावि हंसपुर द्वितिय भयो ।
विदयार्थीले प्राचार्य रामलाल सुनारलाई बोकेर खुसी मनाउँदै तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम् (२०७१ पौष १३, आइतवार)
एथलेटिक्स तर्फ गौरीशंकर इङलिस वोडिङ्ग प्रथम र युवा वर्ष जनता रविचित्र उच्च मावि सन्धिखर्क द्वितिय र लापे मावि जलुके तृतिय भयो । छात्रा एथलेटिक्समा भगवति उच्च मावि शंखेटारी प्रथम, लापे मावि जलुके द्वितिय र जनज्योति उच्च मावि चुत्रावेशी तृतिय भएको छ । प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने टिमलाई नगद, शिल्ड ट्रफिले सम्मान सम्मान गरियो । आइतवार एक कार्यक्रमका बीच रनिङ्गशिल्ड प्रतियोगिताको समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी हरि ज्ञवालीले सिदार्थ उच्च माविले शिल्ड प्राप्त गरेर उदारणिय काम गरेको बताए । उनले शिल्ड प्राप्त गर्ने काम जटिल भएको भन्दै लगातार तिन वर्ष सम्म जित हासिल गर्नु निकै उपलव्धीमूलक काम भएको बताए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनसिंह धामी, सम्पूर्ण राजनीतिक दलको तर्फबाट एमालेका जिल्ला कमिटी सचिवालय सदस्य जर्नादन खनाल,पूर्व खेलकुद विकास समितिका अध्यक्ष रुकबहादुर पछाइ, खेलकुद विकास समितिका अध्यक्ष हरिप्रसाद भट्टराइ, गौरीशंकर इङ्गलिस वोर्डिङ्गका शिक्षक शिव वेल्वासे लगायतले बोलेका थिए ।