अर्घाखाँचीमा लोकतान्त्रीक खेलकुद संघको गठन

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १४ पौस । अर्घाखाँचीमा लोकतान्त्रीक खेलकुद संघको जिल्ला कार्य समिति गठन भएको छ । 
केन्द्रिय समितिका सदस्य रामकृष्ण महर्जनको उपस्थितिमा आज भएको लोकतन्त्रबादी खेलाडीहरुको भेलाले उमेश घिमिरेको अध्यक्षतामा जिल्ला कार्य समितिको गठन गरेको छ । 
जस्को उपाध्यक्षमा बिष्णु बस्नेत, अर्जुन पोख्रेल, सचिब त्रिलोक सिंह, सहसचिब सुवर्ण प्रधान र कोषाध्यक्षमा सारदा श्रेष्ठ लगायतका रहेका छन । 
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनालको अध्यक्षतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु