अमेरिकाले तालिबानविरुद्ध चलाएको आक्रमण समाप्त भएको घोषणा गरेलगत्तै अफगानिस्तानस्थित तालिबान विद्रोहीले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रहरुले हारेको टिप्पणी गरेको छ ।
तालिबानका प्रवक्ता जबीह उल्लाहले एक वक्तव्य जारी गर्दै आफ्नो समूह बलियो भएको जिकिर गरेका छन् ।
यसअघि अमेरिकाले सबैभन्दा लामो मानिएको युद्ध मिसन समाप्त भएको घोषणा गरेको थियो । अफगानिस्तानको काबुलमा पनि एक कार्यक्रम गरी अन्तरर्राष्ट्रिय सुरक्षा सहायता बल (आइएसएएफ)को औपचारिक रुपमै अन्त्य भएको घोषणा गरिएको थियो ।
यद्यपि, अझै केही समय १३ हजार विदेशी सैनिक अफगानिस्तानमा रही अफगान फौजलाई प्रशिक्षण दिनेछन् । अफगानिस्तानमा नेटो सुरक्षाबल फर्किएकामा कतिपयले देशको सुरक्षास्थिति अझै कमजोर हुनसक्ने आंकलन गरेका थिए भने कतिपयले देशको सुरक्षा देशकै सुरक्षा बलले गर्नुपर्ने बताएका थिए । (एजेन्सी)