सन्धिखर्क, अर्घाखाँची पौष १६ । अर्घाखाँची जिल्लामा सन् २०१४ मा मानव अधिकार उलंघनका घट्ना वढेका छन् । जिल्लामा सन् २०१३ मा ६३ ओटा मानवअधिकार उलंघनका घट्नाहरु घटेकोमा यस वर्ष ८२ ओटा मानवअधिकार उलंघनका घट्ना घटेका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सन्धिखर्कमा आयोजीत नेपाल मानवअधिकार वर्ष पुस्तक २०१५को पुर्व समिक्षा कार्यक्रममा इन्सेकको वार्षीक समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै जिल्लाको मानवअधिकार अवस्था सन्तोषजनक नरहेको उल्लेख गरिएको छ । जिल्लामा सन् २०१४ मा मानवअधिकार उलघन अन्र्तगत हत्या ८, बलात्कार ३, बलात्कार प्रयास १, बहुविवाह ६, वोक्सीको आरोप १, घरेलु हिंसा ६१, मानव बेच बिखन तथा ओसार प्रसार १, वाल विवाह १, र जातिय बिभेद १, गरी ८२ ओटा घट्नामा ७५ जना महिला र ९ जना पुरुष गरी ८४ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इन्सेक प्रतिनिधि नारायाण भुसाल द्धारा प्रस्तुत प्रतिवेदनमा महिला हिसाका घटनाहरु दिन प्रतिदिन वढदै गएको उल्लेख गर्दै चेतनाको कमी, मदिरा सेवन, आर्थीक बिपन्नता र वैदेशिक रोजगारी यसको कारक तत्वको रुपमा लिएको छ । लैङ्गिक हिसाका घट्ना घटे पनि त्यस्ता घटनाहरुलाइ स्थानीय वासिन्दाले समुदायमै मेलमिलाप गरेका कारण घटना वाहिर नआउने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।
इन्सेककले जिल्लाका जनसरोकारका सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुविधा वारेमा समेत उल्लेख गरेको छ जसमा कारागारको अवस्था जीर्ण रहेको, बर्षादको समयमा पानी चुहिने खतरा हुनुका साथै एउटा मात्रै शौचालय हुदा वन्दी लाइ समस्या भएको, महिला बन्दि राख्ने छुट्टै व्यवस्था नभएको उल्लेख छ । प्रतिवेदनमा जिल्लाका होटल तथा रेष्टुरेन्टहरुमा वालमजदुर राखिएको, विद्यालयहरु वाल मैत्री हुन नसकेको,शिक्षकले बिधार्थीलाइ अमर्यादित रुपमा नैसियत दिएको, जिल्लाका स्वास्थ्य सस्थाहरुमा दरवन्दि अनुसार कर्मचारी नभएको, ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी नियमित नभएको, स्वास्थ्य सस्थामा प्रयाप्त औषधी नभएको, महिला र वाल वालिकाको नीम्ति घर परिवार र समुदाय समेत सुरक्षित नभएको जनाउदै आगामी वर्षमा यस्ता गल्ति नदोहोराउन सवै पक्षको ध्यानआर्कषण गराएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला न्यायाधीश व्रजेश कुमार प्याकुरेलले न्यायालयले छिटो छरितो फैसला गरी जनतालाइ वास्तविक न्यायको अनुभुति दिलाउने पक्षमा रहेको दावी गदै वलत्कार ,चोरी, डकैति, मानव बेचबिखन लगायतका केहि मुद्दाहरु एक हप्ता भित्रै फैसला गर्ने तयारी भैरहेको बताउनुभयो । न्यायाधिशले गर्ने फैसला कुनै व्याक्ति बिषेशको चाहाना अनुसार नभइ प्रमाणको आधारमा हुने भएका कारण न्यायालय प्रतिको बिश्वास थप मजवुद पार्न आफु लागि पर्ने उहाँको भनाइ थियो ।कुनै पनि न्यायाधिशले प्रमाण भन्दा वाहिर गएर फैसला गर्न नसक्ने भन्दै प्याकुरेलले मुद्दा ठेक्का लिने बिचौलियाको भ्रममा नपर्न सवै पक्षलाइ आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जिल्लामा राज्य पक्षवाट मानवअधिकार उल्लंघन सम्वन्धि कुनै पनी घटना नघटेको वताउदै जनताको मानवअधिकार रक्षाको नीम्ति आफु सधै सजग रहेको बताउनुभयो ।
प्रकाश सचेतन समुह प्राग का अध्यक्ष वावुराम शर्माको अध्यक्षता र पार्वता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरिक्षक दीपेन्द्र जि.सी., सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र कुमार वेल्वासे, नेपाली कांग्रेसका जिल्ला सदस्य ज्ञान बहादुर वि क, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव ठाकुर कुमार बि.क. , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी., महिला मानवअधिकारकर्मी छमकुमारी खनाल ,महिला मानवअधिकार रक्षक सञ्जालक अध्यक्ष जानका बन्जाडे, नेपाल वार एसोसियसनका पुर्व अध्यक्ष खेमराज खनाल ,सचिव विजय कुमार खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राख्दै मानवअधिकार रक्षाको पक्षमा आवज उठाउनुभएको थियो ।
कार्यक्रमका सहभागीहरुले महिलाको बिरुद्धमा परेका उजुरीमा प्रमाण खोज्दा अपराधी मुक्त हुने गरेको, किमडांडामा बाघ आतंक नरोकिएको ,नरपानीमा चुनढुङ्गा उत्खननमा जन आवाज नसुनिएको ,सरकारी कार्यालय र बिद्यालयले प्रदान गर्ने सेवा प्रभावकारी नभएको लगायतका गुनासा गरेका थिए । इन्सेकले जिल्लाको मानवअधिकार रक्षाको क्षेत्रमा खेलेको भुमिका प्रति भने सहभागीहरुले प्रसंसा गरेका थिए ।