एक सातायता चलेको शीतलहर हटेपछि पूर्वी तराईका बासिन्दालाई राहत, दुई हप्तामा २२ जनाको मृत्यु

जनकपुर, पौष १६ । तराईबासीले एक सातापछि बल्ल बुधबार (आज) घाम देख्न पाएका छन् । एक सातायता चलेको शीतलहर हटेपछि पूर्वी तराईका बासिन्दालाई राहत मिलेको छ । मौसममा सुधार आएपछि तराईमा हवाई सेवा पनि सुचालु भएको छ ।
यसअघि, मध्यपूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सालगायत जिल्लामा चिसो बढेपछि जनजीवन कष्टकर बनेको थियो । शीतलहरले कठ्याङिग्रएर तराईका जिल्लाहरुमा पछिल्लो दुई हप्तामा २२ जनाको मृत्यु भएको थियो ।
चिसोले हालसम्म महोत्तरीमा नौ, रौतहट र सिराहामा पाँच/पाँच, मोरङ, सप्तरी र झापामा एक/एकजनाको मृत्यु भएको हो । चिसो बढेपछि अस्पताल र निजी क्लिनिकमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको संख्या समेत बढ्न थालेको सम्बन्धित जिल्ला अस्पतालहरुले जनाएका छन् ।
अत्याधिक चिसो बढेसँगै मध्यपूर्वी तराईका जिल्लाहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र रेडक्रसले चोक