प्रेमनारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची १९ पौस । साथी बचत तथा ऋण सहकारी सस्था चुत्राबेसीको प्रथम अधिवेशन तथा दोस्रो बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
२०६९ सालमा स्थापना भएको यस सहकारीका एक हजार साधारण सदस्य रहेका छन । यस सहकारीले बचत तर्फ दैनिक बचत योजना,ऐच्छिक बचत योजना,बाल बचत योजना, नियमित बचत योजना, कर्मचारी बचत योजना, र मुद्धती बचत योजना सञ्चालन गरेको छ । कर्जा तर्फ शेयर होल्डर कर्जा, कृषि कर्जा,घर कर्जा, ब्यबसाय कर्जा, र ब्यक्तिगत कर्जा जस्ता कर्जा प्रबाह गर्दै आएको छ ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
अधिबेसनले सर्बसहमतीमा प्रकाश भुसालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समितिको गठन गरेको छ । जस्को उपाध्यक्ष काजी श्रेष्ठ, सचिब धर्मराज भुसाल, कोषाध्यक्ष लक्ष्मीनारायण चुदाली, र सदस्यहरुमा कृष्ण प्रसाद भुसाल, सुनीता खनाल र कमल विशवकर्मा रहेका छन । लेखा समितिमा केशब घिमिरे, उमेश घिमिरे र ठाकुर भुसाल रहेका छन ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )
सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता र सचिब धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको अधिबेसनको उद्घाटन समारोहमा उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासचिब नेत्रप्रसाद भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
(तस्बीर : प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम् )