मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभिव्यक्ति दिने सीके राउत फेरी पक्राउ

विराटनगर  । मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभिव्यक्ति दिएपछि विखन्डनकारीको आरोपमा मुद्दा खेपिरहेका सीके राउतलाई प्रहरीले मोरङबाट शनिबार पक्राउ गरेको छ ।
राउतसँगै उनका सहयोगी परमेश्वर मुर्मलगायत स्वतन्त्र मधेस गठबन्धनका ५ जना कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यसअघि पनि राउतलाई मोरङको रंगेलीबाट पक्राउ गरेको थियो ।
स्वतन्त्र मधेस गठबन्धनको कार्यक्रममा सहभागी हुन आउनेक्रममा राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी विराटनगरमा हुने सभामा सहभागी हुने जानकारी पाएपछि शनिबार बिहानैबाट त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।
राउतलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । त्यसक्रममा सीके राउतका समर्थक र प्रहरीबीच झडप भएको थियो । IMAGEKHABAR