धनकुटा, पौष २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाणपत्र छानबिन गर्ने भएपछि पूर्वमा शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
नक्कली प्रमाणपत्र पेश गरेर स्थायी र अस्थायी जागिरमा रहेकाहरुले राजीनामा दिएका हुन् । गएको पाँच महिनामा पूर्वान्चलबाट २ सय ८३ जना शिक्षकले राजीनामा दिएका छन् । श्रावणपछि सबैभन्दा बढी पाँचथरबाट १ सय १० जना शिक्षकले राजीनामा गरेका छन् ।
त्यस्तै, मोरङमा ३०, झापामा २६, खोटाङमा २४, धनकुटामा १७, इलाममा १४, सुनसरीमा १४, संखुवासभामा १३, ओखलढुंगामा १४, ताप्लेजुङमा ६, तेह्रथुममा २ र सोलुखुम्बुमा एकजना शिक्षकले राजीनामा दिएका छन् ।
राजीनामा गर्ने अधिकांशले घरायसी र स्वास्थ्य समस्याको कारण देखाएका छन् ।
IMAGEKHABAR