सत्तारुढ दलहरु एमाओवादीलगायतका विपक्षी दलहरुसँग निर्णायक वार्तामा

काठमाडौं, पौष २२ । सत्तारुढ दलहरुले एमाओवादीलगायतका विपक्षी दलहरुसँग  निर्णायक वार्ता गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको कांग्रेस-एमालेको बैठकले विपक्षीहरुसँग बुधबार अन्तिम निर्णायक वार्ता गर्ने निर्णय गरेको हो । विपक्षीहरु सहमतिमा नआए संविधानसभाबाट प्रक्रियामार्फत् संविधान जारी गर्नेगरी अघि बढ्ने निर्णय पनि दुई दलले गरेका छन् ।
यसअघि मंगलबारै बिहान नेपाली कांग्रेस र एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाबीच छलफल भएको थियो ।
बालुवाटारमा भएको बैठकमा दुबैपक्ष माघ ८ मै संविधान ल्याउने गरी विवादित विषयमा सहमति खोज्न सहमत भएका थिए । दुई पक्षबीच बुधबारसम्ममा टुंगोमा पुग्ने गरी छलफल भएको नेताहरुले दाबी समेत गरेका छन् । IMAGEKHABAR