पटौटीमा सडकको शिलान्यास गर्दै टोपबहादुर रायमाझीले भने इमान्दारी बने माघ आठमै संबिधान

प्रेमनारायण आचार्य 
अर्घाखाँची २३ पौस ।  एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझिले संबिधान निर्माण भन्दा पनि संबिधान निर्माण पछि राष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने नेताहरुको ग्यारेन्टी र दलहरुको बिबादले माघ आठमा संबिधान निर्माण हुने सम्भाबना घटेको बताएका छन ।   राजनितिक दल र नेताहरु जनताप्रति उत्तरदायी र इमान्दारी बन्ने हो भने माघ आठमा संबिधान हुन कुनै अफ्ठेरो नहुने बताए । 
  लचकता अपनाएर सहमतिको संबिधान बनाउनु पर्ने बताउदै नेता रायमाझिले  काग्रेस एमाले र एमाओबादीले आफुले बनाउन चाहेको जस्तो संबिधान बन्न नसक्ने बताउदै  लचकता अपानाएर सहमतीको संबिधान बनाउन चाहेमा मात्र माघ ८ भित्र संबिधान निर्माण हुने बताएका छन । 
अर्घाखाँचीको पटौटी गाविसमा आज पटौटी खज्र्यांग तम्घास सडकको शिलान्यास गर्दै नेता रायमाझिले   संघियाता, शासकीय स्वरुप , न्याय प्रणली, र राजयपुनर्संरचनामा बिबाद रहेको बताउदै दलहरु इमान्दारीता पुर्बक अघि बढेमा र सहमति गर्न चाहेमा मात्र माघ ८ मा संबिधान निर्माण हुने बताएका छन ।  

अन्य समाचारहरु