काठमाडौं, पौष २५ । श्रीलंकामा भएको राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति माहिन्दा राजापाक्षे पराजित भएका छन् । राजापाक्षोई उनकै पुर्व सहयोगी मैथ्रिपाला सिरिसेनाले हराएका हुन् ।
राजापाक्षे सरकारका पुर्व स्वास्थ्यमन्त्री रहेका सिरीसेनाले निर्वाचनमा झण्डै ५२ प्रतिशत मत ल्याएको निर्वाचन परिणामले देखाएको छ । राजापाक्षेले भने ४७ प्रतिशतभन्दा कम मत प्राप्त गरेको बताइन्छ ।
यद्यपी, श्रीलंकाको निर्वाचन आयोगले मतपरिणामको औपचारिक पुष्टि गर्न बाँकी छ । कोलम्बोबाट प्राप्त स्वतन्त्र रिर्पोटहरुका अनुसार राष्ट्रपति राजापाक्षेको कार्यालयले निर्वाचनमा पराजित भएको स्विकार्दै सत्ता हस्तान्तरणको सहज तरिका अपनाउने तयारी थालिसकेको छ ।
संभवत आजै साँझ नयाँ राष्ट्रपतिको रुपमा सिरीसेनाले सपथ लिनेछन् । सन् २००५ मा पहिलोपटक श्रीलंकाका राष्ट्रपति बनेका राजापाक्षेले सशक्त सैन्य कारवाहीमार्फत सन् २००९ मा तमिल विद्रोहीलाई परास्त गरेका थिए ।
झण्डै २८ वर्षसम्म चलेको तमिल विद्रोहको अवसानसँगै राजापाक्षेको लोकप्रियता चुलिएको थियो ।
सन २०१० को निर्वाचनमा उहाँले सहज जीत हात पार्नु भएको थियो ।
त्यतिबेला उनलाई टक्कर दिएका पुर्व सेनाप्रमुख सरथ फोन्सेकालाई राजापाक्षेले युद्ध अपराधसम्बन्धी आरोप लगाँउदै गिरफ्तार गराएका थिए ।
यसपटक पनि आवश्यक समयभन्दा दुई वर्ष अगावै निर्वाचन गराएका राजापाक्षाले सहज जीत हात पार्ने अनुमान गरेका थिए ।
तर नातावाद र कृपावादको आधारमा देशलाई पारिवारिक व्यवसाय जसरी चलाएको भन्दै उनको व्यापक आलोचना हुन थालेपछि सिरीसेनाले उनी विरुद्ध बलियो चुनावी अभियान थालेका थिए ।
पछिल्लो निर्वाचन परिणामले श्रीलंकामा गृहयुद्ध अन्त्यपछि पहिलो पटक सत्ता हस्तान्तरण हुने भएको छ । अल्पसंख्यक तमिलहरुले निर्वाचनमा सिरिसेनालाई साथ दिएको विश्लेषकहरुले बताएका छन् । AGE NCIES