संवैधानिक राजनीतिक संवा तथा सहमति समितिको पहलमा शीर्ष तथा साना दलहरुबीच छलफल

काठमाडौं, पौष २७ । संवैधानिक राजनीतिक संवा तथा सहमति समितिको पहलमा शीर्ष तथा साना दलहरुबीच आइतबार सिंहदबारमा छलफल भएको छ ।
संधिवानसभाका अध्यक्ष सुवास नेम्वाङ समेत सहभागी सो बैठकले विवादित विषयमा कुनै ठोस सहमति भने गर्न सकेन ।
बैठकमा मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार पनि सहभागी भएका थिए । बैठकमा राप्रपा, थरुहट, आदिबासी जनजातिलगायतका साना दलहरु पनि सहभागी थिए ।
दिउँसोको बैठक निष्कर्षमा नपुगेपछि आजै साँझ ५ बजे पुनः शीर्ष नेताहरुको बैठक बोलाइएको बताइएको छ । IMAGEKHABAR