एमालेद्धारा संविधान लेखनको प्रक्रिया सुरु हुने भन्दै आफ्ना सभासदहरुलाई माघ ८ गतेअघि राजधानी नछाड्न ह्वीप जारी

काठमाडौं, पौष २८ । नेकपा एमालेले मंगलबार (भोलि)देखि संविधान लेखनको प्रक्रिया सुरु हुने भन्दै आफ्ना सभासदहरुलाई माघ ८ गतेअघि राजधानी नछाड्न ह्वीप जारी गरेको छ । सिंहदरबारमा सोमबार बसेको एमाले संसदीय दलको बैठकबाट यस्तो ह्वीप जारी गरिएको हो ।
दलहरुबीच भएका वार्ता र छलफलबारे सभासदहरुलाई जानकारी दिने उद्देश्यले डाकिएको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले आगामी माघ ८ मै संविधान जारी गर्न सहमतिका लागि अधिकतम् प्रयत्न गर्ने र सहमति नभए प्रक्रियामा जानुको विकल्प नभएकोले तयारी अवस्थामा रहन निर्देशन दिएको सभासद रविन्द्र अधिकारीले जानकारी दिए ।