पाकिस्तानमा ७ जनालाई मृत्युदण्ड

इस्लामावाद  – पाकिस्तानमा मङ्गलबार ७ जनालाई मृत्युदण्ड दिइएको छ । उनीहरु सबै आतङवाद मुद्दा लगाइएका बन्दी हुन ।  योसगै दक्षिण एसियाली मुश्लिम मुलुकमा एक महिनाको अवधिमा मृत्युदण्ड पाउनेको संख्या १६ पुगेको छ ।  डिसेम्बर १६ मा पेसावरस्थित सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ साना बालबालिका सहित १५० जनाको हत्या गरेपछि सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो ।
गएको छ वर्षदेखि निलम्बित मृत्युदण्डको कानुन गत महिनादेखि  पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले खुलाएका हुन । पाकिस्तानमा यसको विरोध भइरहे पनि सरकार त्यसलाई सुन्न तयार छैन ।
हाल अमेरिकी विदेशमन्त्री जोन केरी पाकिस्तान भ्रमणमा छन । केरीले पाकिस्तानलाई आतङवाद विरुद्ध लड्न अमेरिकाले सघाउने प्रतिबद्धता व्यक्त गरेकै दिने मृत्युदण्ड दिइएको हो । केरीले दक्षिण एसियाका आणविक शक्तिद्धय भारत र पाकिस्तानलाई वार्ताबाट आपसी द्धन्द्धको समाधान निकाल्नसमेत आग्रह गरेका छन । (एजेन्सी)