राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिवद्धारा दलहरु निर्धारित समयमै नयाँ संविधान जारी गर्न सक्षम हुने विश्वास व्यक्त

काठमाडौं, पौष ३० । संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालका राजनीतिक दलहरु निर्धारित समयमै नयाँ संविधान जारी गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।
तीनदिने नेपाल भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग नेताहरुले लचकता अपनाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
यसैक्रममा उपमहासचिव फेल्टम्यानले मंगलबारै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा