घोराहीको नयाँ बजारमा आगलागि

घोराहीको नयाँ बजारस्थित एक घरमा आज आगलागि भएको छ। आगोलागिबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ। समयमै दमकल नपुग्नु र पुग्दा समेत पहिलो पल्ट पानी बिना नै पुग्दा समयमै आगो नियन्त्रण गर्न कठिनाई भएको हो।
 
घोराही नगरपालिका १० स्थित त्रिमुर्ती चोकमा रहेको धनबहादुर वलीको घरमा आगलागी भएको हो। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले सहयोग गरेका थिए।
 
तर, घोराही नगरपालिकाको दमकल समयमा आइनपुग्दा धेरै क्षति बेहोर्नु परेको पीडितले बताएका छन्। पीडित घरधनि धनवहादुर वलीले पहिलो पटक दमकल आएपनि पानि नवोकेरै आएकोले बढी क्षति भएको गुनसो गरे। घरधनि वलीले ५ लाख नगद र ३५ तोलाजति सुनका गरगहना जलेर नष्ट भएको बताए।
 
तर, जिल्ला प्रहरी कार्यालय दाङले भने झन्डै २५ लाख क्षति भएको हुन सक्ने आँकलन गरेको छ।
 
ढिला गरि दमकल आउनु र  पहिलो पटक आउँदा पानी नलिएर खाली दमकल पुग्दा बढि क्षति धेरै क्षति भएको भन्दै स्थानीयवासी पनि आक्रोसित बनेका थिए। आगो नियन्त्रणमा लिन झन्डै दुई घन्टा लागेको थियो। कोठा भाडामा बस्नेको कोठाबाट विद्युत सट भएर बिहान साढे ११ बजेतिर आगलागि भएको हो। SETOPATI