माघी पर्वका परेका कारण विहीबार बस्ने भनिएको संविधानसभाको बैठक स्थगित

काठमाडौं, पौष ३० । माघी पर्वका परेका कारण विहीबार बस्ने भनिएको संविधानसभाको बैठक स्थगित गरिएको छ ।
माघी पर्वका दिन सरकारले सार्वजनिक बिदा दिएको र सभासदहरुले समेत आग्रह गरेकाले बैठक स्थगित गरिएको जनाइएको छ ।
सभामुख सुवास नेम्वाङले मुख्य दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि बैठक स्थगित गरेका हुन् । संविधानसभाको बैठक अब माघ २ गते १० बजे बस्ने तय भएको छ । IMAGEKHABAR