बाराको अमरपट्टि गाविसको योजना छनौटको बिषयलाई लिएर भएको झडपमानेपाली कांग्रेसको कार्यकर्ताको मृत्यु भएको छ। यस्तै घटनामा परी ८ जना घाइते भएका छन्। झडपमा वडा नम्बर ७ बस्ने अवतार यादवको मृत्यु भएको हो। गाविसको योजना छनौटको विषयमा हिजो निर्णय गरिएका येाजनाहरु नेपाली कांग्रेसकाले एकलौटी गरेको भन्दै वुधबार विहानदेखि एमाले पक्षधरहरुले विवाद गरेको थिए।
विवाद बढदै गए पछि काग्रेस र एमाले बीच भएको झडपमा कांग्रेस पक्षधर अवतार प्रसाद गम्भीर घाइते भएका थिए।
घाइते भएका यादवको नेशनल मेडिकल कलेज वीरगन्जमा वुधबार दिउँसो मृत्यु भएको थियो। यादवलाई कुटपिट गरेको आरोपमा राजा प्रसाद यादव,जितेन्द्र यादव,मदन यादव,सन्तोष यादव,रामनारायण यादव र राम पुकारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ। SETOPATI