सन्धिखर्कमा बृहत कृषिमेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँचीको सन्धिखर्कमा एक दिने प्रथम बृहत कृषि मेला  प्रदर्शनी  तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
उद्योग बाणिज्य महासंघ कृषि उद्यम बिकास केन्द्रको आयोजनामा सम्पन्न भएको मेलामा कृषकहरुले उत्पादन गरेका  बिभिन्न खालका कृषि उपजहरु, उन्नत जातको बिउबजिन, स्थानिय गाइ तथा भैसीबाट उत्पादित दुध तथा दुधजन्य पदार्थहरु, मेलाका मुख्य आकर्षण रहेका थिए ।
मेलामा अर्गानीक कफी, कृषि औजार तथा उपकरण,स्थानीय कृषकले उत्पादन गरेको मह र फुल पनि मेलाको आकर्षण रहेका थिए । कृषि उत्पादनलाइ बढबा दिनका लागि र प्रतीयाृेगीताको माध्यमबाट कृषक तथा दर्शकलाइ जानकारी दिनकालागि मेलाको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो । 
माघे संक्रान्तीको अबरसर पारेर आयोजना गरिएको कृषि प्रदर्शनी तथा सास्कृतिक  मेलाको हजारौ दर्शकले अबलोकन गरेका छन । प्रदशनीमा प्रथम द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने उत्कृष्ट कृषकलाइ नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
 मेलाको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला उप सचिब प्रेमनारायण गैरे, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, कृषक महासंघका महासचिब ज्ञानबहादुर बिक, पशु कार्यलयका प्रमुख रामनारायण मण्डल,कृषि कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेल, लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम उद्योग बाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिब नेत्रप्रसाद भुसालको स्वागत मन्तब्य र केयुबिकेका कार्यक्रम संयोजक बाबुराम चुदालीको सञ्चालनमा सम्पन्न भएको हो ।
 
मेलाको उद्घाटन पछि आकार नृत्य तथा म्युजीक सेन्टरको आयोजनामा सुरु भएको सास्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बिष्णु खत्री, कुशल बेल्बासे, बसन्त लम्साल, जीबन परियार,  मोहीत मुनाल, धनबहादुर घर्ती लागतयतका कलाकारहरुले गीत र स्थान्ीय स्तरका कलाकारहरुले  नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।  
बृहत सास्कृतीक कार्यक्रमका  संयोजक रामप्रसाद अधिकारीको अध्यक्षता,झबिन सुुनाम र मधुकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, सामुदायीक सेबा केन्द्रका अध्यक्ष रामबहादुर चौहान , समाजसेबी लक्ष्मण आचार्य, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको बिषयबस्तु माथी प्रकास पार्दै कलाकार मदन नेपालीले दर्शकलाइ स्वागत गरेका थिए । 
 कार्यक्रममा जिल्लाको समग्र सञ्चार र मिडीयाको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको भन्दै ४ जना पत्रकारलाइ सम्मान गरिएको छ ।  पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, पत्रकार प्रेमनारायण आचार्य, सुर्यप्रसाद भुसाल र रिदय भुसाललाइ सम्मान पत्रका साथ सम्मान गरेको हो ।  

अन्य समाचारहरु