प्रेमनारायण आचार्य
सन्धिर्ख, अर्घाखाँची २ माघ । अर्घाखाँचीमा जनचेतनामुलक कार्यक्रम गरि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ । नसोचेकै बेलामा आउँछ है भुईचालो, पुर्वतयारीमा जुट्ने हामी सबैको पालो भन्ने नारा सहित भूकम्पबाट जोगिन चेतना मुलक कार्यक्रम गरि १७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको हो ।
दिवसको अवसरमा आज सन्धिर्खमा जनचेतनामूलक र्याली निकाल्नुका साथै भूकम्प आउँदा के गर्ने, के नगर्ने , कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिने उद्वेश्यले भूकम्प गएको जस्तो कृत्रिम घटना देखाइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका सचिबालय सदस्य जनार्दन खनाल, एमाओबादीका जिल्ला सचिब ठाकुर बिक, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, लोकतान्त्रीक गैर सरकारी सस्था महासंघका जिल्ला अध्यक्ष गोपाल पन्थी, रेडक्रस शाखाका जिल्ला उपाध्यक्ष कुशल भुसाल लगायतले भुकम्प सुरक्षा दिबसको अबसरमा मन्तब्य राखेका थिए ।
कार्यक्रम शेसकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।