माघ ८ भित्र संबिधान जारी गर्नका लागि प्रेस चौतारी अर्घाखाँचीले पठायो सभासदलाई राशन पानी

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ माघ । सभासदहरुलाइ दिन रात गरेर भए पनि माघ ८ भित्र संबिधान जारी गर्नका लागि प्रेस चौतारी अर्घाखाँचीले रासनपानी पठाएको छ । 
दिनरात गरेर काम गर्दा खानकालागि खर्चको अभाब नहोस भनेर प्रमुख जिल्ला अधिकारी मार्फत चामल, तेल, नुन लगायतका खाद्य सामाग्री सम्पुर्ण सभासदहरुलाइ पठाएको प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष पार्बता श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रेस चौतारीका पुर्ब अध्यक्ष प्रेमनारायण गैरेले  दलहरु आफैले तोकेको समयमा संबिधान निर्माण गर्नका लागि दबाब सृजना गर्नकालागि खाद्य सामाग्री पठाइएको बताउदै सभासदहरुलाइ संबिधान निर्माणमा केन्द्रित हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष हिमबहादुर जिसि, प्रेस चौतारीका जिल्ला सचिब मदन भुसाल लगायतले मन्तब्य राखेका थिए । 

अन्य समाचारहरु