भारत र अमेरिकामा राजदूत नियुक्त गर्न सिफारिस

काठमाडौं, माघ २ । सरकारले भारत र अमेरिकामा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले भारतमा दीपकुमार उपाध्याय र अमेरिकामा डा. अर्जुन कार्कीलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
उपाध्याय कांग्रेस नेता हुन् भने कार्की गैरसरकारी महासंघका पूर्वअध्यक्ष हुन् । संसदीय सुनुवाइपछि उनीहरुलाई राष्ट्रपति डा. रामवरण यादवले राजदूत नियुक्त गर्नेछन् ।
IMAGEKHABAR