शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । सत्तारुढ दलले आफुहरुलाई बाइपास गरी बहुमतीय प्रक्रियाको आधारमा संविधान जारी गर्न खोजेको भन्दै एकिकृत नेकपा माओवादी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिले आईतवार सदरमुकाम सन्धिखर्कमा सिठ्ठि जुलुस सम्पन्न गरेको छ ।
सिठ्ठि जुलुस पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का उज्ज्वलले जनमुखि संविधान निर्माणको लागि जस्तो सुकै बलिदान गर्न तयार रहेको बताउनु भएको छ ।
कांग्रेस र एमालेले विगतमा भएका सहमती र सम्झौतालाई लत्याई जनयुद्द र जनआन्दोलनको मर्म बाहिर गई २०४७ सालको संविधान जारी गर्ने प्रयत्न गरेको भन्दै उहाँले प्रतिगामी संविधान जारी गर्ने सपना नदेख्न सत्तारुढ दललाई चेतावनी दिनुभयो ।