मध्यरातमा एमाओवादीद्धारा संविधान सभामा आक्रमण

काठमाडौं  । विपक्षी सभासदहरुले तोडफोड र हुलहुज्जत गरेपछि संविधानसभाको बैठक मंगलबर (आज) अपरान्ह १ बजे बस्ने गरी स्थगित भएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको प्रस्ताव गरेपछि विपक्षीहरु तोडफोडमा उत्रिएका थिए । सभाध्यक्षमाथि नै जाइ लाग्न थालेपछि बैठक स्थगित गरिएको थियो ।
विपक्षी सभासदहरुले सभाध्यक्ष नेम्वाङ, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारीलगायतलाई आक्रमण गरेका थिए । उनीहरुलाई सामान्य चोट लागेको छ ।
संविधान ल्याउने प्रयास बिथोल्न प्रमुख विपक्षी एकीकृत माओवादीसहितका विपक्षी सभासदहरुले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका हुन् । उनीहरुले संविधानसभालाई