काठमाडौ – सत्तारुढ एमालेले संविधानसभामा सुरु गर्न लागिएको प्रक्रियाबाट पछि नहट्ने जनाएको छ । पार्टी स्थायी समितिको संविधानसभा भवनमा बसेको बैठकले संविधानसभामा सुरु हुन लागेको प्रक्रिया अनुसार नै अगाडि बढ्नुपर्ने निर्णय गरेको छ ।
ईकान्तिपुरमा समाचार छ। मध्यरातमा संविधानसभा भवनमा भएको तोडफोड र आक्रमणलाई असाध्यै अलोकतान्त्रिक र जंगली भन्दै बैठकले भत्र्सना समेत गरेको छ । अध्यक्ष केपी ओलीमाथि एमाओवादीले योजनावद्ध ढंगले व्यक्तिग आक्रमणमा उत्रेको पार्टीको ठहर छ ।
पार्टीले आफ्ना सभासदहरुलाई संविधानसभामा हुन सक्ने सबै घटनाहरुमा आफू एकतावद्ध रही संयमता अपनाउन निर्देश गरेको छ । स्थायी समितिपछि बसेको संसदीय दलको बैठकमा पार्टीको निर्णय बारे जानकारी गराइएको हो । साशकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयलाई प्रक्रियामा मार्फत अघि बढाउन खोज्दा विपक्षी एमाओवादी र मधेसी मोर्चा संविधान नबनाउने उद्देश्यले प्रस्तुत भएको एमालेले भनेको छ ।