नाराबाजीको बिच संविधान सभाको आज मंगलबारको बैठक वुधबार ११ वजेसम्मका लागि स्थगित भएको छ। संविधान सभाका सभाध्यक्षले बैठकको सुरु गर्नासाथ एकीकृत माओवादी सहितको मार्चाको अवरोध र लगातारको नाराबाजिका कारण बैठक सुचारु हुन सकेन ।
सेतोपाटीमा समाचार छ्। सभाध्यक्षले आजको संविधान सभाको बैठक भोलीसम्मका लागि स्थगित गरेको जनाउ दिए पछि नाराबाजि गर्दै एमाओवादीका नेता तथा सभासदहरु पनि बाहिरिएका छन्।
यसैक्रममा संविधान सभाबाट बाहिरिने क्रममा माओवादी नेता बाबुराम भट्टराईले काँग्रेस एमाले मिलेर नियमावली मिच्न लागेकाले सदन र सडक दुबै तिर आन्दोलन चर्काउनु परेको प्रतिक्रिया दिएका छन् ।