दुई अक्षरको ‘माया’

बाबु रोका मगर
माया यस्तो चिज हो जस्ले गर्दा जीवनमा सुखै सुखको अनुभव हुन्छ यो त जस्ले माया गर्न जानेको छ र माया गर्छ उसैले मात्र यस्तो अनुभव बटुल्ने गर्दछ | किनकी यो सारा संसार ‘माया’ मा नै अडिएको छ कसैले माया दिने ठाउँंमा ‘घृणा’ दिन्छ ‘चोट’ दिन्छ तापनी यो दुई अक्षरको ‘माया’ पाउने आशामा कती तड्पिएर बाँचेको हुन्छ | 
अहिलेको समयमा माया (LOVE) सबैको लागि बच्चा बच्चीहरुले खेल्ने खेल जस्तो भएको छ | फेसबुक, मोबाइल, इन्टरनेट, च्याटिङ आदी इत्यादी बाट अनपौचारिक माया गर्ने र सकेसम्म मनोरन्जन मात्र गर्ने नसके छोड्ने यदी बिहे  भएछ भनेपनी दिगो नरहेने यस्ता घटनाहरु तपाईं हाम्रो आँखा अघी दिनका दिन देख्न र सुन्न पाइरहेका हुन्छौ जस्ले समाजमा नकरात्मक असर पारीरहेको छ |  
हामी नेपालीहरु आफ्नो मौलिक धर्म,संस्कृती हरुलाई बिर्सिएर बिदेशी रितिरिवाज,फेसन लाई अंगालीरहेका छौ यसले नेपालीहरुको पहिचान प्रती कती सम्म नकरात्मक छाप छोडि सकेको छ? “प्रेम दिवस” (Valentine’s Day) जो कि यो हाम्रो परम्परा नै होइन यो त एउटा बहाना मात्र हो कार्य अरुनै चलीरहेको हुन्छ प्रेम गर्नेहरुले त रोमियो-जुली को जस्तो उदाहरणिय बन्न सक्नु पर्छ प्रेमको भाषा बुझ्न सक्नु पर्छ जस्ले शत्रुता लाई पनि मित्रता मा कायम गर्न सकोस |    
माया कुनै बस्तु होइन जहाँकी धनाड्डे ब्याक्तीहरुले किन्ने र गरीबहरुले बेच्ने? हाम्रो समाजमा पैसा वालाहरुले माया सस्तो र निज गराइ रहेका छन जस्ले गर्दा सज्जन युवा-युवतीहरु पनी त्यही प्रवृतीमा फसेर धेरैनै धोका अनी दु:ख पाइरहेको देखिन्छ | तसर्थ मायामा कुनै दाग लगाउने सोचाइले र अरुको भबिश्य माथि खेल्वाड नगरि एकले अर्काको मन जिती हजारौ जूनी सम्म माया गरेर आफुलाई सुखी र खुशीका साथ लामो जीवनको बाटो छोटो समयमा पार गरौ त्यो नै असली माया हो |