कृष्ण खनाल
बुटवल, ६ माघ । छत्तिस दलको संयुक्त गठबन्धनले आयोजना गरेको आमहड्ताल अन्र्तगत मंगलबार भएको आमहड्तालअन्र्तगत रुपन्देहीमा शन्तीपुर्ण रह्यो । देशका विभिन्न स्थानहरुमा आगजानी तोडफोड भएपनि रुपन्देहीको त्यस्तो कुनै अप्रीय घटना हुन पाएन । बुटवलको राजमार्ग चौराहामा एक भारतीय मोटरसाईकलमा बन्दकर्ताले समान्य क्षती पु-याए पनि अन्य कुनै घटना भएन । आन्दोलन संयुक्त संघर्ष समितिले मंगलबार बुटवलको पुष्पलाल पार्कमा कोण सभा आयोजना गरि रुपन्देहीमा शान्तीपूर्ण बन्द सफल भएको बताएका थिए । एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष बामदेव क्षेत्री ले आन्दोजन अझै जारी रहेको भन्दै मंगलबार साझ ४ बजेबाट बन्द स्थगीत गरेको बताएका थिए ।
कोण सभमा बोल्दै एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य डिलाराम आचार्यले रुपन्देहीको शान्तुर्ण बन्दलाई सफल बनाउन योगदान दिने सबैलाई धन्याबाद दिदै बन्दको प्रतिकारको नाममा मुडभेड गर्नेखोजेमा आफुहरुले त्यसको शशक्त प्रतिकार गर्ने बताएका थिए । कोण सभामा नेकपा माओवादी मातृका पक्षका पवन यादव, नेकपा एकिकृतका केन्द्रीय सदस्य प्रेम सुवेदी, राष्ट्रिय जनमुक्तीका शंकर गाहा, नेकपा-माओवादीका अनुप बराल लगायतले बोलेका थिए ।