संविधानसभाको बैठकमा एमालेका पूर्वसभासद गोपालसिंह बोहराको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं  – एमालेका पूर्वसभासद् गोपालसिंह बोहोराको निधन भएको छ । मुटुरोगबाट पीडित बोहोराको उपचारकोक्रममा मंगलबार राति छाउनी अस्पतालमा निधन भएको हो । उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । संविधानसभाको बैठक एमालेका पूर्वसभासद गोपालसिंह बोहराको निधनमा शोक प्रस्ताव पारित गरेकाे छ  ।
७३ वर्षीय बोहोरा पहिलो संविधानसभामा एमालेको समानुपातिक सभासद् थिए । सेनामा ३५ वर्ष सेवा गरेका बोहोरा सहायक रथीबाट ०५५ सालमा अवकास लिएका थिए ।
एमाले दार्चुला-काठमाडौं सम्पर्क मञ्चका सदस्य बोहोराले तत्कालिन विद्रोही माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यका लागि गठित सेना समायोजन विशेष समितिमा थिए ।
बुधबार दोस्रो पटक बसेको संविधानसभाको बैठकले शोक प्रस्ताव पारित गरेकाे हाे । बैठक भोलि(माघ-८)मा बिहान ११ बोलाइएको छ । यसअघि नियमिति कार्यसूचीमा बसेको बैठक एमाओवादी र मधेसी मोर्चा लगायतको अवरोधले ५ मिनेट मै स्थगित भएको थियो । EKANTIPUR