काठमाडौ । अब भाडाका ट्याक्सी ब्यक्तिका नाममा दर्ता नहुने भएको छ । सार्वजनिक सेयर स्वामित्व रहेका कम्पनीमार्फत मात्र ट्याक्सी सञ्चालन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । राजधानीमा अहिले ब्यक्तिगत लगानी र स्वामित्वका ट्याक्सीमात्र गुडिरहेका छन्का।
कारोबार दैनिकमा समाचार छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि बनाएर पेस गर्न यातायात ब्यवस्था विभागलाई निर्देशन दिएको छ । राजधानी लगायत मुख्य सहरमा सञ्चालित ट्याक्सी अब्यवस्थित भएको र ब्यवसायीको मनोमानी बढेको भन्दै सरकारले