काठमाडौ – एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले माघ ८ पछि पनि संबिधानको गतिरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । मोर्चाको सिंहदरबारमा बसेको बैठकले सहमति नहुन्जेल संबिधानसभा अवरुद्ध पार्ने निर्णय गरेको हो । ईकान्तिपुरमा समाचार छ।
मोर्चाले संबिधान निर्माणको लागि नयाँ कार्यतालिका बनाउनुपर्ने माग गरेको छ ।
दलहरुले हिजो बिहीबार माघ ८ गते संबिधान जारी गर्ने गरी कार्यतालिका बनाए पनि संबिधान जारी नभई मिति गुजि्रएको छ ।
प्रक्रियाम गएर संबिधान निर्माण गर्ने सत्तारुढ दलको निर्णयमा असहमति जनाउदै प्रतिपक्षी मोर्चा सम्मलित सभासदले संबिधानसभामा अवरोध गराउदै आएका छन् ।