तोकिएको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै झापामा झुन्डिएर आत्महत्या

झापा । तोकिएको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै झापा गोलधाप गाविस १ का ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले शुक्रबार बिहान झुन्डिएर आत्महत्या गरेका छन् । अन्लाईनखबरमा समाचार छ। 
कांग्रेस र एमालेले जसरी पनि माघ ८ मा जसरी पनि संविधान जारी गर्छन् भन्दै उनले छिमेकीहरुसँग बाजी राखेका थिए । बाजी हारेपछि विरक्तिएर उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयको दाबी छ ।
तर, प्रहरी चौकी गोलधापका इञ्चार्ज केदार कार्कीले अनलाइनखबरसँग कुरा गर्दै यसबारे आफूलाई जानकारी नभएको बताए ।