तनावका बिच संविधानसभाको बैठक

काठमाडौं, माघ ११ । दुई दिन अगाडि स्थगित गरिएको संविधानसभाको बैठक आइतबार (आज) दिउँसो बस्दैछ । माघ ८ मा संविधान दिने भनेर वाचा गरेका मुख्य दलका नेताहरुले संविधानसभामा भिडन्त निम्त्याएरै उक्त दिन कटाए ।
इमेजखबरमा समाचार छ ।  माघ ५ गते मध्यरातमा संविधानसभामा एमाओवादीसहितका विपक्षी दलका सभासदहरुले तोडफोड गरेर वितन्डा मच्चाएपछि दलहरुबीचमा खुलस्त रुपमा संवादसमेत हुन सकेको छैन । बरु दुबैतर्फ एकार्काको कुरै नसुन्ने, सुनेपनि आफ्नै अडानमा उभिने अवस्था छ ।
यस्तोमा माघ ५ पछिका सबै बैठक विपक्षी सभासदको लगातारको नाराबाजीले संविधानसभाको कार्यसूचीमा प्रवेश गर्नै सकेको छैन । आजको बैठक सुचालु गराउने सम्बन्धमा शनिबार दिनभर गरिएका प्रयासहरु पनि विफल भए । सहमति खोज्न सभाध्यक्ष सुवास नेम्वाङले गरेका सबै प्रयास विफल भएको हो ।
आजको बैठकमा जसरी पनि प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्नैपर्ने सत्तापक्ष तथा समिति बनाउन कुनै हालतमा नदिने विपक्षी अड्डीको चेपमा सभाध्यक्ष नेम्वाङ परेका छन् ।
यसअघि शुक्रबार बसेको बैठकमा सभाध्यक्ष नेम्वाङले आजको बैठकबाट समिति गठनको प्रस्तावले निकास पाउने बताएका थिए । विपक्षीले कांग्रेसका प्रमुख सचेतकलाई समिति गठनको प्रस्ताव गर्न